सेयर कारोबार बन्द गर्न नेप्सेलाई बोर्डको निर्देशन



काठमाडौं । नेपाल धितोपत्र बोर्डले सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको छ ।

जेठ १ गतेदेखि लागू हुनेगरी सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए ।

‘बढ्दो कोरोना भाइरसको कारण बजार बन्द गर्ने निर्णय गरिएको छ,’ उनले क्किमाण्डूसँग भने ‘आजबाट नै लागू हुने गरी अर्को निर्णय नहुँदासम्म दोस्रो बजार बन्द गर्न नेप्सेलाई निर्देशन दिइसकेका छ ।’

नेपालमा कोरोनाको संक्रमण क्रमिक रुपमा बढी रहेको कारणले दोस्रो बजारमा कारोबार खुल्ला गर्दा संक्रमणको जोखिम हुने भएकाले लगानीकर्ताको हित र प्रवर्द्धनका लागि धितोपबोर्डले बजार बन्द गराएको अध्यक्ष ढुंगानाको भनाइ छ ।


क्लिकमान्डु