भिमदत्त नगरपालिकालाई एनएमबी बैंक महेन्द्रनगर शाखाको डेढलाख सहयोग



काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार तथा राहत वितरणका लागि एनएमबी बैंक महेन्द्रनगर शाखाले भिमदत्त नगरपालिका लाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नगरपालिकाले स्थापना गरेको ‘भिमदत्त नगरपालिका प्रकोप व्यवस्थापन कोष’का लागि बैंकले बुधबार उक्त रकम सहयोग गरेको हो । एमएनबी बैंक महेन्द्रनगर शाखा प्रबन्धक पशुपति नाथ जोशीले १ लाख ५० हजार रुपैयाँ बराबरको चेक नगरपालिकाका मेयर सुरेन्द्र विष्टलाई हस्तान्तरण गरेका हुन ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत कोरोना संक्रमण रोकथामका लागि उक्त सहयोग गरेको जनाएको छ । यसअघि एनएमबी बैंकले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि १ करोड ५१ लाख रुपैयाँ सहयोग गरेको थियो । त्यस्तै सबै प्रदेशलाई ‘पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट’ सेट र अन्य सुरक्षा सामाग्रीहरु सहयोग गरेको छ ।


क्लिकमान्डु