तेस्रो त्रैमासमा लक्ष्मी बैंकको खुद नाफा १ अर्ब ८ करोड ९९ लाख



काठमाडौं । लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको सोही अवधिको भन्दा बैंकले ६ करोड ३ लाख रुपैयाँ बढी नाफा कमाएको हो ।

बैंकद्वारा सार्वजनिक वित्तीय विवरण अनुसार गत आवको सो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४१ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकले ९७ अर्ब ३६ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी ९० अर्ब ९८ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । सो आम्दानी गत आवको सोही अवधिको तुलनामा ४१ करोड ४२ लाख रुपैयाँ बढी हो ।

साथै बैंकको सञ्चालन मुनाफा ४ करोड ७४ लाख रुपैयाँ बढेर १ अर्ब ५६ करोड पुगेको छ ।

चालु आवको चैत मसान्तसम्मको खराब कर्जा अनुपात १.७८ प्रतिशत, कष्ट अफ फण्ड ६.९२ प्रतिशत, बेसरेट ९.७९ प्रतिशत र स्प्रेडरेट ४.३४ प्रतिशत र सीसीडी रेसीयो ७५.१३ प्रतिशत रहेको छ । साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ८१ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ७६ पैसा र मूल्य आम्दानी अनुपात १३. ५० गुणा रहेको छ ।


क्लिकमान्डु