तेस्रो त्रैमासमा नबिल बैंकको नाफा घट्यो, १ खर्ब ७१ करोड निक्षेप संकलन



काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नविल बैंकको नाफा १ प्रतिशतले घटेको छ ।

गत आवको चैत मसान्तसम्ममा ३ अर्ब १९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु आवको सोही अवधिमा खुद नाफा ३ करोड २३ लाख रुपैयाँले घटाएर ३ अर्ब १५ करोड ५८ रुपैयाँमा सीमित भएको छ ।

बैंकद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा १७ करोड ५५ लाख २० हजार रुपैयाँ ऋणात्मक रहेको छ ।

सो अवधिमा बैंकले ८६ अर्ब ३५ करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरी ८० अर्ब १४ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । जसबाट बैंकले २ अर्ब ९९ करोड ४३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरको छ ।

जुन गत आवको चैत मसान्तको भन्दा १३.२६ प्रतिशत अर्थात ३५ करोड ६ लाख रुपैयाँ बढी हो । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ६४ करोड ३७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै सो अवधिमा बैंकले १ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ ।

यस्तै, चालु आवको चैत मसान्तसम्म बैंकको खराब कर्जा अनुपात ०.६३ प्रतिशत, कष्ट अफ फण्ड ६.५५ प्रतिशत, बेसरेट ७.८२ प्रतिशत, स्प्रेडरेट ५.३४ प्रतिशत र सीसीडी रेसीयो ७८.८८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु