सानिमा बैंकको नाफा १ अर्ब ६१ करोड, अन्य वित्तीय सुचक कस्ता ?



Sanima Logo

काठमाडौं । सानिमा बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । सो नाफा गत आवको सोही अवधिको तुलनामा २.७५ अर्थात ४ करोड ३३ लाख रुपैयाँ बढी हो ।

गत आवको चैत मसान्तसम्म बैंकले १ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा ५७ करोड ६७ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकले १० अर्ब ८ करोड ६ लाख रुपैयाँ निक्षेप संकलन गरी ९२ करोड ११ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

जसबाट बैंकले ३ अर्ब २४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको ।

जुन गत आवको सोही अवधिको तुलनामा ११ प्रतिशत अर्थात ३२ करोड २९ लाख रुपैयाँ बढी हो । साथै बैंकले २ अर्ब २९ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

यसैगरी समीक्षा अवधिमा बैंकको बैंकको खराब कर्जा अनुपात ०.३६ प्रतिशत, बेसरेट ९.२५ प्रतिशत, कष्ट अफ फण्ड ७.२९ प्रतिशत, स्प्रेडरेट ५.०८ प्रतिशत र सीसीडी रेसीयो ७८.६४ प्रतिशत रहेको छ ।

साथै बैंकको प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७७ पैसा, प्रतिसेयर कुल सम्पती १३.०८ गुणा, मूल्य आम्दानी अनुपात १३.०८ गुणा र प्रतिसेयर नेटवर्थ १ सय ४४ रुपैयाँ २४ पैसा रहेको छ ।


क्लिकमान्डु