नेपाल लाइफले २१.५२ प्रतिशतले बढायो बीमा शुल्क, नाफा ४६ करोड ७५ लाख



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससमममा १८ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

अघिल्लो वर्ष १५ अर्ब १९ करोड रुपैयाँले नेपाल लाइफले बीमा शुल्क आर्जन गरेको थियो । यो अघिल्लो वर्षको भन्दा २१.५२ प्रतिशतले बढी हो ।

नेपाल लाइफले चैत मसान्तसम्ममा ४६ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा बीमांकीय मूल्यांकनभन्दा अगाडि हो । अघिल्लो वर्षमा पनि कम्पनीले बीमांकीय मूल्यांकन अगाडि ४६ करोड ७२ लाख रुपैयाँ नाफा गरेको थियो ।

जीवन बीमा कम्पनीहरुको नाफा बीमांकीय मूल्यांकनपछि बढ्ने गरेको छ । चैत मसान्तसम्ममा कम्पनीले १ अर्ब १० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीले चैत मसान्तसम्ममा ८६ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो वर्षको भन्दा २८.६८ प्रतिशतले यो बढी हो । अघिल्लो वर्षको चैत मसान्तसम्ममा कम्पनीले ६७ अर्ब ७ करोड रुपैयाँ लगानी गरेको थियो ।


क्लिकमान्डु