मेगा बैंकको नाफा १९.५०% ले वृद्धि, खुद ब्याज आम्दानी ३ अर्ब १८ करोड



काठमाडौं । मेगा बैंकको नाफा १९.५० प्रतिशत नाफा वृद्धि भएको छ । बैंकले गत आर्थिक वर्षको तेस्रोे त्रैमासमा १ अर्ब १८ करोड २ लाख रुपैयाँ खुद नाफामा आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ४५ करोड ७६ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको नाफामा बैंकले २३ करोड ६८ लाख रुपैयाँ थप गरेको हो । ।

बैंकद्वारा सार्वजनिक चालु आवको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार बैंकको वितरण योग्य नाफा भने ४५ करोड ९८ लाख रुपैयाँ रहेको छ ।

बैंकको निक्षेप गत आवको चैत मसान्तको तुलनामा ८.१२ प्रतिशत र कर्जा प्रवाहमा १२.७ प्रतिशतको वृद्धि देखिएको छ । चालु आवको चैत मसान्तसम्म बैंकले ८५ अर्ब ७ करोड ४० लाख रुपैयाँ निक्षेप संकल गरी १२ अर्ब ६९ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

जसबाट बैंकको ब्याज आम्दानी तर्फ भने १५.६४ प्रतिशतको वृद्धि भएको छ । गत आवको चैत मसान्तसम्म २ अर्ब ७५ करोड २७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा ४३ करोड ५ लाख रुपैयाँले बढाएर ३ अर्ब १८ करोड ३३ लाख रुपैयाँ पुर्याएको छ । साथै बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोड ५७ लाख रुपैयाँबाट बढेर २ अर्ब ७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा बैंकको प्रतिसेयर १८ रुपैयाँ ८३ पैसा, नेटवर्थ १ सय ३२ रुपैयाँ १९ पैसा, तरलता अनुपात २४.८४ गुणा र मूल्य आम्दानी अनुपात १०.६७ गुणा कायम भएको छ ।

सो अवधिसम्ममा बैंकको खराब कर्जा १.३२ प्रतिशत, कष्ट अफ फण्ड ७.१८ प्रतिशत, वेसरेट ९.९४ प्रतिशत, स्प्रेडरेट ५.२२ प्रतिशत र सीसीडी रेसीयो ७७.४८ प्रतिशत रहेको छ ।


क्लिकमान्डु