सेयर बजारमा कुनै गुनासा छन ? फोन गर्नुहोस् टोल फ्रि नम्बरमा



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर बजारमा भएका गुनासा सुन्नको लागि हेल्प डेक्स सञ्चालमा ल्याएको छ ।

नेप्सेले सूचना जारी गर्दै धितोपत्रको दोस्रो बजार कारोबारमा आउन सक्ने सम्भावित गुनासोहरु समाधानको लागि हेल्प डेक्स स्थापना गरेको जनाएको छ ।

धितोपत्र बजारको कारोबारमा क्रममा कुनै गुनासो वा समस्या भए टोल फ्रि नम्बर १६६००१२५०२५ मा सम्पर्क गर्न सकिने छ ।


क्लिकमान्डु