एभरेष्ट इन्स्योरेन्सको खुद नाफा १३ करोड ३३ लाख रुपैयाँ



काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले १३ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

गत आवको चैत मसान्तको तुलनामा कम्पनीले चालु आवको सोही अवधिमा ९ करोड ३१ लाख रुपैयाँ नाफा बढाएको हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ४ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीद्वारा सार्वजनिक चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार सो अवधिमा ४ करोड ३२ लाख रुपैयाँले खुद बीमा शुल्क आर्जनमा वृद्धि गरी ३३ करोड ८१ लाख ६७ हजार रुपैंयाको पुर्याएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले २९ करोड ४९ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीले १० करोड १० लाख रुपैँया आम्दानी गरेको छ ।

यसैगरी समीक्षा अवधिमा कम्पनीले १२ करोड ३५ लाख रुपैँया दावी भुक्तानी गरेको छ, भने १ करोड १४ लाख ६२ हजार रुपैयाँ अभिकर्ता कमिसन वितरण गरेको छ ।

सो अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख रुपैंया, जगेडाकोषमा १६ करोड ९६ लाख रुपैयाँ र बीमा कोषमा २५ करोड ५७ लाख रुपैयाँ रहेको छ ।

साथै कम्पनी प्रतिशेयर आम्दानी १६ रुपैँया ३९ पैसा, प्रतिशेयर नेटवर्थ १४५ रुपैंया ९१ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ सय २० रुपैँया ३९ पैसा मूल्य आम्दानी अनुपात २१.०५ गुणा छ ।


क्लिकमान्डु