जनवारमा सफल भयो कोरोना भाइरसको खोप, के होला मान्छेमा ?



विश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरस विरुद्धको भ्याक्सिनको सफल परीक्षण गरिएको छ । चीनमा कोरोना भाइरसको भ्याक्सिनको बाँदरमा सफल परीक्षण गरिएको हो ।

पिकोभ्याक नामक भ्याक्सिनलाई चीनको बेइजिङस्थित सेनोभ्याक बायोटेकले पत्ता लगाएको हो । जसलाई भ्याक्सिन उत्पादन गर्ने परम्परागत तरिबाट उत्पादन गरिएको हो ।

उक्त भ्याक्सिनले शरीरिमा प्रवेश गरिसकेपछि प्रतिरोधात्मक क्षमता बढाउनका लागि एन्टिबढी उत्पादन गर्छ र त्यसले भाइरसलाई संक्रमण मार्दछ ।

अनुसन्धानकर्ताहरुले रेहसुस माकाक्यु प्रजातिको बाँदरमा प्रयोग गरिएको थियो । उक्त बाँदर भारतमा देखिएको थियो जसमा तीन सातापछि कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

उक्त बाँदरलाई अर्को साता भारी मात्रामा भ्याक्सिनको डोज दिइएको थियो । त्यसपछि बाँदरको फोक्सोबाट कोरोनाको भाइरस देखिएको थिएन् । अर्थात् भ्याक्सिनले काम गरेको थियो ।

त्यसैगरी जुन बाँदरहरुमा पिकोभ्याक थिइन उनीहरुमा निमोनिको देखिएको थियो । चीनले गत अप्रिलको मध्यदेखि भ्याक्सिन अब मानिसमा परीक्षण गर्नका लागि तयारी शुरु गरेको छ ।

पिकोभ्याक कोभिड-१९ को भ्याक्सिन मात्रै नभइ यसले विश्वभर फैलिएको महामारी नियन्त्रणका लागि पनि ठूलो आशा भएको बताइएको छ ।

त्यसैगरी चीनकै सैनिक इन्स्टिच्युटमा उस्तै खालको भ्याक्सिनको परीक्षण मानिसमा शुरु गरिएको छ । सिनोफार्म प्रडक्टले पिकोभ्याककै तरिकाबाट गरिएको परीक्षणको अहिले दोस्रो चरणमा पुगेको छ ।

तर यो भाइरसको सबै मानिसमा प्रयोग गर्नका लागि स्वयमसेवकको अभाव हुने देखिएको छ । किनभने चीनमा अझै पनि कोरोना भाइरसको संक्रमण पुष्टि नभएका सयौं मानिसहरु हुन सक्छन् ।

सन् २००३ मा चीनमा फैलिएको सार्सको महामारीका समयमा पनि सोही इन्स्टिच्युटले भ्याक्सिन पत्ता लगाएको थियो ।


पुष्प दुलाल