सगरमाथा इन्स्योरेन्सको नाफा १.२८% ले बढ्यो, अन्य सूचक कस्ता ?



काठमाडौं । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय वितरण सार्वजिनक गरेको छ ।

यो अवधिमा इन्स्योरेन्सको नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको छ । जुन गत आवको तेस्रो त्रैमासमा १७ करोड १९ लाख १३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा नाफा १.२८ प्रतिशतले बढेको छ ।

इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा ३४ करोड ४७ लाख ६४ हजार रुपैयाँ रहेको छ भने बीमा कोषमा ६२ करोड १३ लाख ५३ हजार रुपैयाँ रहेको छ भने महा विपत्ती कोषमा ११ करोड १६ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

७४ करोड ३६ लाख १४ हजार रुपैयाँ दुख बीमा शुल्क आर्जन गरेको इन्स्यारेन्सले पुनर्बीमा कमिशनबाट २३ करोड २ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसा रहेको इन्स्योरेन्सको प्रति सेयर नेटवर्थ २०७ रुपैयाँ ६५ पैसा रहेको छ ।


क्लिकमान्डु