रिलायन्स लाइफ इन्स्योरेन्सको १२८.८१ प्रतिशतले खुद नाफामा वृद्धि



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १२८.८१ प्रतिशतले खुद नाफामा वृद्धि गरेको छ । गत आर्थिक वर्ष तेस्रो त्रैमासमा २ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको कम्पनीले चालु आवको सोही अवधिमा ६ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको भन्दा कम्पनीको नाफा ३ करोड ४८ लाख रुपैयाँ बढी हो

कम्पनीद्धारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीले ७९ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । सो बीमा शुल्क गत वर्षको सोही अवधिको भन्दा ३९ करोड ४ लाख रुपैयाँ बढी हो । गत आवको चैत मसान्तसम्म कम्पनीले ३७ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले १ करोड ६७ लाख रुपैयाँ कुल दाबीवापत भुक्तानी गरेको छ भने १० लाख रुपैयाँ बराबरको दाबी भुक्तानी हुन बाँकी रहेको छ ।

हाल १ अर्ब ४७ लाख रुपैयाँ रहेको चुक्ता पूँजी इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ९६ लाख रुपैयाँ, जीवन बीमा कोषमा ८६ करोड ९८ लाख रुपैयाँ र महाविपत्ति कोषमा एक करोड ६६ लाख रुपैयाँ सञ्चित रहेको छ ।


क्लिकमान्डु