लकडाउनको समय बढेपछि सेयर कारोबार जेठ ५ सम्म बन्द



काठमाडौं । सरकारले लकडाउनको समयसिमा जेठ ५ गतेसम्म पुर्याएपछि त्यो अवधीमा सेयर बजार नखुल्ने भएको छ । धितोपत्र बोर्डले बैशाख २५ गतेसम्म लकडाउनको कारण सेयर कारोबार बन्द गरेको थियो ।

बुधबार बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउनको समय जेठ ५ सम्म पुर्याएको छ । धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले अहिलेकै तरिकाबाट लकडाउनलाई निरन्रता दिने निर्णय भएमा सेयर बजार खरिदबिक्रीका लागि नखुल्ने बताए ।

‘सरकारको औपचारिक निर्णय हामीले कुरेर बसेका छौ, अहिले अपनाइएको नै तरिकाले लकडाउन थपिएको भए सेयर कारोबार खुल्दैन,’ढुंगानाले भने । यदी सरकारले कार्यविधीमा लकडाउनन खुकुलो गरेको भए सेयर कारोबार खुल्ने छ ।

उनले सेयर कारोबार खुलाउनको लागि ९० वटा संस्थामा काम गर्ने कर्मचारीलाई कार्यालय ल्याउनुपर्ने तथा लगानीकर्तालाई पनि सहज रुपमा बैंक र ब्रोकर कार्यालयसम्म पुग्ने अवस्था भएमा मात्र सेयर कारोबार खुल्न सक्ने धारणा राखे ।


क्लिकमान्डु