सानिमा लाईफ इन्स्योरेन्सको नाफा ७ करोड ६८ लाख



काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको त्रेस्रो त्रैमासमा ७ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीको सो नाफा गत आवको सोही अवधिको तुलनामा ०.२० प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ७ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा ५७ करोड ५८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा २४ करोड ९५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । साथै कम्पनीको हालसम्म १ अर्ब १० करोड ८८ लाख रुपैयाँ बराबरको कुल बीमाशुल्क आर्जन गरिसकेको छ ।

कम्पनीले सो अवधिमा १४ लाख ९९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ भने ११ करोड २७ लाख रुपैयाँ बीमा अभिकर्ता कमिशन बापत खर्च गरेको छ । साथै कम्पनीले बीमालेख धितोमा २ करोड १० लाख ८९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।


क्लिकमान्डु