नेपाल इन्स्योरेन्सले कमायो १३ करोड ४० लाख रुपैयाँ नाफा



काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको नाफा ३ प्रतिशतले वृद्धि भएको छ । गत आवको तेस्रो त्रैमासमा १३ करोड ६ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आवको सोही अवधिमा १३ करोड ४० लाख रुपैयाँ नाफा कमाउन सफल भएको हो ।

कम्पनीद्धारा सार्वजनिक वित्तीय विवरण अनुसार सो अवधिमा ८५ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले गत आवको सोही अवधिमा ८५ करोड ७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरको थियो ।

यसैगरी, कम्पनीले चैत मसान्तसम्म १७ करोड ७४ लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ भने सो अवधिमा कम्पनीको ९३ करोड ३९ लाख रुपैयाँ कुल दावी भुक्तानी हुन बाँकी रहेको छ ।

हाल १ अर्ब ९ करोड ५५ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको ३४ करोड ५८ लाख रुपैयाँ जडेगा कोषमा रहेको छ । साथै बीमा कोषमा यस्तै कम्पनीको ३६ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १६ रुपैयाँ ३२ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ६४ रुपैयाँ ८६ पैसा छ, भने प्रतिसेयर कुल सम्पती ३ सय १४ रुपैयाँ ६४ पैसा रहेको छ ।


क्लिकमान्डु