लकडाउनको कारण भारतमा ८ लाख लिटर बियर खराब हुने



भारतमा सोमबारदेखि तेस्रो चरणको लकडाउन सुरु भएको छ । तेस्रो चरणको लकडाउनमा रक्सी तथा पान मसलाको पसल खुल्ने छुट छ । तर,बियर बार र क्लब खोल्नको लागि प्रतिबन्ध भने कायम नै छ । यस्तोमा बियर बनाउने २५० वटा साना इकाइहरुको ८ लाख लिटर ताजा वियर खराब हुने छ ।

मदिरा उद्योगस्हरुका अनुसार ताजा बियर बोतल बन्द बियरको तुलनामा छिटो खराब हुन्छ ।

लकडाउनसँगै लगाइएको प्रतिबन्धको कारण यो बिक्री गर्न सम्भव छैन । यसको लागि सम्बन्धित राज्यले बेच्नको लागि अनुमति दिनुपर्छ । बियर उद्योगका परामर्शदाता ईशाखन ग्रोवरका अनुसार बोतलमा प्याक गरिएको बियरको तुलनामा ताजा बियर खराब हुन्छ । कतिपय इकाइहरुले बियरलाई नालीमा बगाउन सुरु गरेका छन् । यसलाई ताजा राख्नको लागि लगातार विजुली चाहिन्छ ।

क्राफ्ट वेभरेज एशोसियन अफ इन्डियाका अनुसार लकडाउनको कारण ८ लाख लिटर ताजा बियरको भण्डारणको सयन्त्र बन्द भएको छ । यो नभएमा यसलाई पनि नालीमा बगाउनुको बिकल्प नभएको एशोसियनले जनाएको छ ।

महाराष्ट्र क्राफ्ट वेभरेज एशोसियनका अध्या नकुल भोसलेका अनुसार नयाँ निर्देशनमा छुट दिएपनि बियर बार र क्लबहरु खोल्ने सुविधा छैन । भारतमा रहेका २५० वटा माइक्रोब्रुअरीमा ५० हजार जनाले रोजगारी पाएका छन् ।


क्लिकमान्डु