ज्योति लाईफ इन्स्योरेन्सको सिइओमा प्रकाश विक्रम खत्री नियुक्त



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रकाश विक्रम खत्री नियुक्त भएका छन् । कम्पनीमा नै कार्यकारी उपप्रमुख रहेका खत्री बैशाख २१ गते देखि लागु हुने गरी ४ वर्षको लागि प्रकाश विक्रम खत्री नियुक्त भएका हुन् ।

आइतबार बसेको संचालक समितिको बैठकले खत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीको स्थापना देखि नै नेतृत्व गरिरहेको उनले कम्पनी स्थापनाको ३ वर्षमा नै कम्पनीलाई बीमा कम्पनीहरुको अब्बल स्थानमा ल्याएका छन् ।

व्यवस्थापन तथा प्रविधिको क्षेत्रमा विशेष दखल भएका खत्रीको प्राथमिकता सहभागितामुलक तथा सामुहिक कार्यको अवधारणा, संस्थागत शुसाशन, ग्राहकमैत्री सेवा, वित्तीय पारदर्शिता रहेको छ ।


क्लिकमान्डु