बैशाख २६ गते बजेट अधिवेशन बोलाउने मन्त्रीपरिषद्को निर्णय



काठमाडौं । सरकारले बैशाख २६ गते बजेट अधिवेशन बोलाउने भएको छ । संविधान अनुसार जेठ १५ गते वार्षिक बजेट ल्याउनुपर्छ । बजेट अगाडि सरकारले वार्षिक नीति तथा कार्यक्रम पेश गर्नुपर्छ ।

मन्त्रीपरिषद्को आइतबार बसेको बैठकले बैशाख २६ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषद्को निर्णय अनुसार संसद् अधिवेशन आह्वान गर्नेछिन् ।

सामाजिक दुरी कायम गरेर संसद् बैठक बस्ने छ ।


क्लिकमान्डु