नेकपा सचिवालय: बामदेवलाई पाल्पा १ प्रतिनिधिसभा लैजाने, अर्थमन्त्रीमा खतिवडाको निरन्तरता



काठमाडौं । नेकपा सचिवालयको बैठकले उपाध्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले उपाध्यक्ष गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा लैजाने निर्णय गरेको हो । यसको लागि पाल्पाको निर्वाचन क्षेत्र नम्बर १ बाट सांसद् दलबहादुर रानाले राजीनामा दिने छन् ।

नेकपा महासचिव बिष्णु पौडेलले मध्यस्तकर्तामा राना राजीनामा दिन सहमत भएका हुन् ।

नेकपा सचिवालयको बैठकमा दुवै अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले आत्मआलोचना गरेका थिए । सचिवालयको बैठक अनुसार अब राष्ट्रपतिबाट नियुक्त हुने राष्ट्रियसभाको सदस्यमा अर्थमन्त्री डा युवराज खतिवडाले नै निरन्तरता पाउने छन् । यो पटक राष्ट्रियसभाको सदस्यमा नियुक्त भएमा सांसद्को रुपमा खतिवडाको कार्यकाल ६ वर्षको हुने छ । उनको २ वर्षे कार्यकाल फागुनमा सकिएको थियो । त्यसपछि उनले मन्त्रीबाट राजीनामा गरेर पुनः नियुक्ति भएका थिए । अहिले खतिवडाले अर्थ तथा संचारमन्त्रीको जिम्मेवारी समालेका छन् ।

नेकपाको सचिवालय बैठकले बैशाख २५ गते स्थायी समितिको बैठक बोलाएको छ । जुन बैठक तत्काल बोलाउन सम्भव नभएको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली पक्षले बताउदै आएको थियो ।


क्लिकमान्डु