रुपन्देही र नेपालगञ्जमा कोरोना संक्रमित भेटिए, संख्या ५९ पुग्यो
काठमाडौं । शुक्रबार रुपन्देही र नेपालगञ्जमा गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षे पुरुष र नेपालगञ्जमा ६० वर्षे पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
उनीहरु दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वाथ्यकर्मीको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नेपालमा हालसम्म ५९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १६ जना उपचारपछि निको भएका छन् ।