प्रधानमन्त्री के.पी ओलीको धम्कीबाट कोही तर्सनेवाला छैनः गगन थापा



काठमाडौं । श्रमिक दिवसका अवसरमा प्रधानमन्त्री के.पी ओलीको सम्बोधनप्रति प्रतिक्रिया जनाउँदै सांसद गगन थापाले प्रधानमन्त्री ओलीको धम्कीबाट कोही नतर्सिने बताएका छन् ।

प्रधानमन्त्री ओलीको सम्बोधनबारे प्रतिक्रिया दिँदै उनले महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि प्रधानमन्त्रीले अस्थिरताको खेल खेलेको आरोप लगाएका छन । साथै उनले ओलीले विभिन्न प्रपञ्च रचेर परिस्थिति विगारेको समेत बताए ।

प्रधानमन्त्री ओलीले गर्नुपर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने अनि खबरदारी गर्नेहरुलाई उल्टै धम्की दिएको समेत प्रतिक्रिया दिएका छन् ।

सांसद थापाले प्रधानमन्त्रीको सम्बोधनप्रति कडा टिप्पणी गदेै भनेका छन– ‘जो चोर उसैको ठूलो स्वर , कोही तर्सनेवाला छैन यो धम्कीबाट’ ।

सत्तापक्ष नेकपाभित्रको पछिल्लो समय विबाद भएपछि श्रमिक दिवसको अवसर पारेर सम्बोधनमा प्रधानमन्त्रीले अप्ठ्यारो परिस्थितिमा अस्थिरताको प्रयास भएको बताएका छन ।


क्लिकमान्डु