गलत विवरण बनाएर राहत लिने र सिफारिस गर्नेलाई कारबाही गरिने



काठमाडौं । सरकारले कोरोना प्रभावित वा पीडितको गलत विवरण बनाई राहत लिने वा सोको सिफारिस गर्नेलाई कारवाही गर्ने भएको छ ।

कोरोना भाइसरबाट पीडितलाई सरकारले दिएको राहत गलत व्यक्ति वा संघ सस्था, व्यवसायीक फार्महरुले लिन नपाउने निणर्य सरकारले गरेको हो ।

बिहीबार सरकारको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले जागिर नभएका बेरोजगार नागरिकका परिवारलाई मात्रै राहत दिने बताएका छन् ।

उनले मन्त्रिपरिषदको राहत सम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै परिवारका कुनै पनि सदस्य स्वरोजगार वा रोजगारीमा नभएका परिवारलाई मात्रै राहत दिने निर्णय गरेको बताए ।

जसअनुसार अब रोजगारीमा भएका वा स्वरोजगार रहेको परिवारले राहत लिएमा सरकारी बाँकी सरह असुल उपर गर्ने र त्यस्तो राहत दिन सिफारिस गर्ने वडा अध्यक्ष वा कर्मचारीलाई कारवाही गर्ने निर्णय सरकारले गरेको छ ।


क्लिकमान्डु