कोरोना बीमा प्रभु पे बाट गर्न सकिने



काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रदान गर्ने कोरोना भाइरस बीमा सेवा प्रभु पे वालेटबाट लिन सकिने भएको छ ।

प्रभु इन्स्योरेन्स र प्रभु पेबिच भएको समझदारी अनुसार कम्पनीका ग्राहकहरुले घरमै बसेर कोरोना बीमाका साथै अन्य बीमा सेवाहरु समेत लिन सकिने व्यवस्था मिलाइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले बताए ।

कम्पनीले ग्राहकहरुलाई प्रदान गर्ने सेवाहरु अनलाइन सिस्टम मार्फत प्रदान गर्दै आइरहेकोले लकडाउनको समयमा समेत सम्पूर्ण सेवाहरु सहज रुपमा प्रदान गरिरहेको जारी विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु