सेयर बजार खोल्न सरोकारवालाको माग



काठमाडौं । सेयर बजारका जानकारहरुले सेयर बजार खोल्न माग गरेको छन् । नाफिजले आयोजना गरेको छलफलमा सेयर बजारमा जानकारहरुले बजार खोल्न आग्रह गरेका हुन ।

नेपाल इन्भेष्टर फोरमका पूर्व अध्यक्ष अम्बिका पौडेलले अब बजार खोल्नुको विकल्प नरहेको बताए । उनले यति लामो समय बजार बन्द होला भन्ने कसैले नसोचेको भन्दै अब अब बजार खोल्नु पर्ने बताए ।

बजार नखुलेको खण्डमा लगानीकर्ताको मनोबल गिर्ने, अन्तर्राष्ट्रिय निकायले पनि हेर्ने भन्दै सहज बाताबरण बनाएर बजार खोल्न आग्रह गरे । यो बेलामा नियमनकारी निकायले पनि ध्यान दिन आवश्यक रहेको उनको तर्क छ ।

बजार खोल्नको लागि धितोपत्र बोर्डले पासको व्यवस्था गर्नुपर्ने, एकै दिनमा सबै ब्रोकर खोल्नु भन्दा पनि आलोपालो मिलाएर खोल्न सुझाव दिए ।

उनले मेरो सेयर अहिले अवस्थामा स्वतः नविकरण गर्न पनि आग्रह गरेका छन् । सर्किट १० बाट ५ प्रतिशतमा झार्न पनि आवश्यक रहेको उनको भनाई छ ।

दोस्रो बजारमा सबैले बाइ सबैले सेल गर्नुपर्छ भन्ने छैन । उनले भने ‘आवश्यक पर्ने र सक्नेले गर्न सक्छन ।’

नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले पनि बजार खोल्न आवश्यक भएको बताए । उनले अहिले दैनिक ५ घन्टा कारोबार भएकोमा यसलाई घटाएर २ घन्टा कारोबार गर्न सकिने बताए ।

‘लकडाउन अझै २, ३ महिना लम्बिएको खण्डमा बजार नखोल्ने भन्ने हुँदैन’ उनले भने ‘अझै १० दिन बाँकी छ । त्यो समयमा ब्रोकरले कति कर्मचारी राख्ने पाउने, लगानीकर्ताको सहभागीताका विषयमा छलफल गरेर अघि बढ्न सकिन्छ ।’

सिडिएसीले अहिले नविकरण नभए पनि कारोबार गर्न दिनुपर्ने बताए । यो समयमा बजार नखोल्दा ब्रोकरलाई भाडा तिर्ने, कर्मचारी खर्च लगायतका समस्या हुने उनको भनाई छ ।

सेयर बजार विज्ञ डा. गोपाल भट्टले पनि सेयर बजारालाई खोल्नु पर्ने बताए । सरकारी निकायले सेयर बजारलाई ध्यान दिन नसक्दा अहिले समस्या भएको उनको भनाई छ ।

केहीको स्वार्थमा बजार बन्द गराएको हो भने नियामक निकायले हेर्नुपर्ने र बजार बन्द गर्न नहुने उनको तर्क छ । ‘संसारका सबै बजार चल्न सक्छन, नेपालमा त प्रविधि भित्र्याएका छौं, यो अवस्थामा बजार चल्नैपर्छ’ उनले भने ।


क्लिकमान्डु