समता लघुवित्त वित्तीय संस्थाको नाफा १२८%ले बढ्यो



काठमाडौं । कोरोना भाइरसको कारण देशब्यापी लकडाउन भएपनि वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने कामलाई निरन्तरता दिएका छन् ।

मंगलबार समता लघुवित्त वित्तीय संस्थाले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । यो अवधिमा समताको नाफा १२८.३७ प्रतिशतले बढेको छ ।

गत आवको तेस्रो त्रैमासमा १ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेको समताले चालु आवको सोही अवधिमा ३ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

समताले नाफा बढाएपनि खुद ब्याज आम्दानी भनेको घटेको छ । गत आवको तेस्रो त्रैमासमा ४ करोड ७४ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा ३ करोड २२ लाख रुपैयाँ रहेको छ ।

यस्तै सञ्चालन मुनाफामा गिरावट आएको छ । गत आवको तेस्रो त्रैमासमा १ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा १ करोड ७४ लाख रुपैयाँ सिमित भएको छ ।

गत आवको तेस्रो त्रैमासमा १.१४ प्रतिशत खराब कर्जा रहेको समताको चालु आवको सोही अवधिमा आईपुग्दा यो बढेर २.११ प्रतिशतमा पुगेको छ ।

प्रतिसेयर आम्दानी (बार्षिक) २३ रुपैयाँ ६१ पैसा रहेको समताको प्रति सेयर नेटवर्थ १५२ रुपैयाँ ७ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३४ रुपैयाँ ९० पैसा र तरलता अनुपात ८.८७ गुणा रहेको छ ।


क्लिकमान्डु