प्राइम लाइफ इन्स्योरेन्सका सबै कर्मचारीको कोरोना बीमा



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले सबै कर्मचारीको कोरोना बीमा गरेको छ ।

विश्वभर फैलिएको कोरोना रोगको संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको बीमा गरेको हो ।

प्रति व्यक्ति एक लाख रुपैयाँ बराबर बीमाङ्कको लागि हालै बीमा समितिबाट सञ्चालनमा आएको कोरोना रोगको संक्रमण सम्बन्धी बीमा गरेको कम्पनीले जनाएको छ


क्लिकमान्डु