बैशाख २६ गतेबाट सेयर कारोबार खुल्ने, तयारी अवस्थामा रहन नेप्सेकाे आग्रह



काठमाडौं । कोरोना भाइरसका कारण बन्द भएको सेयर बजार वैशाख २६ गतेबाट नियमित रुपमा सञ्चालमा आउने भएको छ ।

नेप्सेले सूचना जारी गर्दै वैशाख २६ गतेबाट नियमित रुपमा बजार सञ्चालनमा आउन सक्ने भएकाले तयारी अवस्थामा रहनको लागि सबै निकायलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको कारण सरकारले २५ गतेसम्मको लागि लकडाउन गरेको छ । त्यसको कारण २५ गतेसम्म सेयर बजार बन्द हुने छ ।

आज (१५ गते) बसेको नेप्से सञ्चालक समितिको बैठकले धितोपत्र सूचीकरण नियमावली, २०७५ को नियम २१ को उपनियम १ अनुसार (काबु बाहिरको परिस्थितीमा) उक्त लकडाउन अवधिभर धितोपत्रको कारोबार स्थगन गर्ने निर्णय भएको छ ।

नेप्सेले २६ गतेबाट सेयर कारोबार गर्ने भएपनि अहिले धेरै नेपाली उपत्यका बाहिर गएका छन् । जसले गर्दा त्यो बेला बजार खोल्दा त्यसमा प्रभावकारिता नआउने बताइन थालेको छ ।

नेप्सेले २६ गतेबाट बजार खोल्ने हो भने त्यसको लागि सेयर बजारसँग सम्बन्धि सबै निकाय लगानीकर्ता, धितोपत्र बोर्ड, सिडिएससी, डिपी लगायत सबै तयारी अवस्थामा बस्नु पर्ने देखिन्छ ।


क्लिकमान्डु