नेपालमा थप ४ जनाले जिते कोरोना, निको हुने बिरामीको संख्या १६ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमितहरुलाई निको हुने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले नियमित ब्रिफिङमा जनाएको हो ।
डिस्चार्ज हुने विरामीहरुमा छपकैयाको मक्की जामे मस्जिदका ३ जना भारतीय नागरिक र रौतहटका १९ वर्षीय युवक रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।
उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन । अस्पताल भर्ना भएको १५औं दिनमा डिस्चार्ज भएको समेत प्रवक्ता देवकोटाले बताए । । नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ भने कुल संक्रमितको संख्या ५१ रहेको छ ।