अतिथि कृषि सहकारी संस्थाले अनुदानमा पाएको मलमा कालोबजारी



बारा । मलखाद कालोबजारी गरेको अभियोगमा बारा बिश्रामपुर गाउँपालिका-२ स्थित माँ गायत्री मलखाद भण्डार पसलका संचालक महेन्द्र साह तेली र ना.६ त ७३६८ नम्बरको ट्रयाक्टरका चालक २८ वर्षीय रामबाबु पंडितलाई प्रहरीले पक्राउ गरेको छ ।

ट्याक्टरबाट ५० बोरा युरिया मल, ३० बोरा डिएपि मल र सलफेट मल १० बोरा र ट्याक्टर चालकको साथमा रहेको अतिथि कृषि सहकारी संस्था प्रसौनी–६ बाराको नाममा मल खरिद गरेको बिल २ थान र माँ गायत्री मलखाद भण्डार प्राइभेट फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपी प्रहरीले बरामद गरेको छ ।

उक्त मलखाद साल्ट ट्रेडिङ कार्पोरेसन वीरगंजबाट अतिथि कृषि सहकारी संस्था प्रसौनी बारालाई अनुदानमा प्राप्त भएकोमा कालोबजारी गर्ने उद्देश्यले सहकारीबाट माँ गायत्री मलखाद भण्डारका संचालक महेन्द्रलाई बिक्री गरेको खुल्न आएको छ ।
उनीहरुलाई कालोबजार तथा सामाजिक अपराध तथा सजाय ऐन, २०३२ अनुसार कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।


क्लिकमान्डु