हवाई उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय
काठमाडौं । उच्च स्तरीय समन्वय समितिले हवाई उडान जेठ २ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ । सरकारले यसअघि बैशाख १८ गतेसम्म हवाई उडानमा रोक लगाएको थियो ।
प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले जेठ २ गतेसम्म आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा रोक लगाइएको जानकारी दिए । सरकारले लकडाउनको अवधि थप गर्ने वा नगर्ने भन्ने शनिबारको बैठकमा भने निर्णय गरेको छैन ।
यसअघि सरकारले लकडाउन केही खुकुलो बनाउने तयारी गरेको समाचार प्रकाशित भइसकेका छन् ।