मुस्लिम आयोगका अध्यक्ष समिरमियाँ अन्सारीले भने- नमाज पढ्न मस्जिद नगइदिनुहोस



काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिरमियाँ अन्सारीले सम्पूर्ण मुस्लिम धर्मालम्बीहरुलाई नमाज पढ्नका लागि मस्जिद नगइदिन आग्रह गरेका छन् ।

शुक्रबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अन्सारीले घरमै बसेर नमाज पढ्न आग्रह गरे ।

‘भोलिदेखि मुस्लिम धर्मालम्बीहरुको महान पर्व रमजान शुरु हुँदैछ, यस्तो अवस्थामा नमाज पढ्न मस्जिद पढ्न नगइदिनुहोस्, छरछिमेकमा पनि नगइदिनुहोस्,’ अन्सारीले भने ।

कोरोनाको महामारी कुनै विशेष समूदायलाई लक्षित गरी नआउने भएकाले रमजानको विशेष नमाज पनि घरमै बसेर पढिदिनु हुन उनले आग्रह गरे । उनले अहिले हरेक जिल्लामा अनुममन समिति समेत बनाएको जानकारी दिए ।

‘अहिले मुस्लिमहरुले कोरोना भाइरस फैलाए भन्ने आरोप पनि लागेको छ, तर जब जमाती समूहमा कोरोना संक्रमण पुष्टि भयो त्यसपछि हामी गम्भीर भएका छौं,’ उनले भने ।

उनले यस्तो अवस्थामा सरकारलाई मस्लिम समूदायले सहयोग गर्नुपर्ने समेत बताए ।


क्लिकमान्डु