अब प्रत्येक स्थानीय तहमा कोरोना परीक्षण गर्न ३ सदस्यीय टोली खटाइने



काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रण, रोकथाम र थप व्यवस्थित गर्न स्थानीय तहमा खटाउनका लागि टोली गठन गरेको छ ।

जसमा जनस्वास्थ्य अधिकृत, ल्याव प्रयोगशालाका कर्मचारी र नर्स गरी तीन जना सम्मिलित टोली प्रत्येक स्थानीय तहमा पुग्नेछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस्ता टोली हरेक गाउँपालिकामा एउटा, नगरपालिकामा २ वटा, उप महानगरपालिकामा ३ वटा र महानगरपालिकामा ५ वटा टोलीका दरले परिचालन हुनेछन् ।

उनीहरुले टेस्टिङ र ट्रेसिङको काम गर्ने छन् ।

समूह निर्माण गर्दा स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।


क्लिकमान्डु