दुबै अध्यादेश फिर्ता लिने सरकारको निर्णय
काठमाडौं । चर्को विरोध भएपछि सरकारले राजनीतिक दल तथा संवैधानिक परिषदसम्बन्धी ल्याएको अध्यादेश फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले दुबै अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।
जुन प्रयोजनका लागि ल्याइएको हो सोही प्रयोजनका लागि असफल भएपछि बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले फिर्ता लिन सहमत भएका थिए ।
अब सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश खारेज गर्नेछिन् । सरकारसे गत बैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषद सम्बन्धि अध्यादेश जारी गरेको थियो । साथै साहो दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।
राजनीतिक दलसम्बन्धी अधियादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेतावबिना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको थियो ।