चीनले कोराेना विरुद्धको खोप पाकिस्तानमा परिक्षण गर्ने
एजेन्सी । कोरोना महामारीले विश्व आतंकित भइरहेका बेला चीनले कोरोनाविरुद्धको खोप पाकिस्तानमा परिक्षण गर्ने भएको छ ।
एक चिनियाँ फार्मासिउटिकल कम्पनीले पाकिस्तानको नेशनल इन्टिच्युट अफ हेल्थलाई आफुले भर्खरै बनाएको कोरोना भाइरसविरुद्धको खोप परिक्षणमा सहकार्य गर्न अनुरोध गरेको छ ।
यो परिक्षणले चीनियाँ कम्पनीलाई यो खोपले कोरोना संक्रमितलाई उपचार गर्न सकिन्छ कि सकिदैन र खोपले कुनै साइड इफेक्ट गर्ने नगर्ने पत्ता लगाउन सहयोग पुग्नेछ । पाकिस्तानी मिडिकाका अनुसार परिक्षण आगामी तीन महिनासम्मा शुरु हुनेछ ।
अहिलेसम्म कुनै पनि देशले कोरोना भाइरसको खोप तयार गर्न सकेका छैनन । यो परिक्षण सफल भएमा चीनबाट सबैभन्दा पहिला खोप पाउने पाकिस्तानले विश्वास लिएको छ ।
यो खोप विभिन्न क्लिनिकल परिक्षण पश्चात मानिसमा सुरक्षित भएको घोषणा गरिएको छ । क्लिनिकल परिक्षण मानिसमा परिक्षण गर्नुभन्दा पहिला जनावरमा परिक्षण गरिन्छ । तर जनावरमा गरिएका सबै सफल परिक्षणको नतिजा मानिसमा पनि आउँछ भन्ने हुँदैन ।
मानिसमा गरिने क्लिनिकल परिक्षण साइड इफेक्ट र अन्य जैविक कारणले गर्दा धेरै खतरा हुन्छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस स्वाइफ्लुभन्दा दश गुणा धेरै खतरा रहेकाले यसको संक्रमण खोपले मात्र रोक्न सक्ने बताएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयको बैज्ञानिक समुहले कोरोनाविरुद्धको खोप मानिसमा परिक्षण शुरु गरिसकेको छ ।