भूकम्पको ५ वर्षः १ अर्ब ८९ करोड रुपैयाँको दाबी भुक्तानी अझै बाँकी
काठमाडौं । भुकम्प गएको ५ वर्षमा बितिसक्दा पनि भुकम्पले क्षति वापतको पुर्याएको बीमा दावी भुक्तानी शतप्रतिशत हुन सकेको छैन् । २०७२ बैसाख १२ गते गएको बिनासकारी भुकम्पले धेरै मानविय क्षति र आर्थिक क्षति गरको थियो ।
भुकम्पको क्षति पछि बीमा दावी परेको मध्ये ११.६४ प्रतिशत दावी भुक्तानी हुन बाकी रहेको बीमा समितिले जनाएको छ ।
भुकम्प गएपछि अग्नी, मोटर, सामुन्द्रिक, इन्जिनियङ र विविध गरी कुल १६ अर्ब ८६ करोड १७ लाख रुपैयाँ बराबरका १७ हजार ७९६ वटा बीमा दावी परेको थियो । जसमध्ये बीमा कम्पनीहरुले सर्वे गरेर १६ अर्ब २६ करोड ९२ लाख रुपैयाँ बराबरका ११ हजार ६१६ वटा दावीलाई भुक्तानी गर्न योग्य दावी ठहर गरेको थियो ।
भुकम्प गएको ५ वर्ष पुरा हुँदासम्म कुुल दावी मध्ये १४ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ भुक्तानी भएको छ भने १ अर्ब ८९ करोड ४४ लाख रुपैयाँ दावी भुक्तानी हुन सकेको छैन् ।
बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार कुल दावी हुन बाकी मध्ये सबैभन्दा धेरै इन्जिनियरिङ बीमा दावी ४४.७४ प्रतिशत अर्थात १ अर्ब ३० करोड ५८ लाख रुपैयाँ रहेको छ । इन्जिनियरिङ बीमाको २ अर्ब ९१ करोड ८६ लाख रुपैयाँको दाबी परेकोमा सर्वेपछि २ अर्ब ८९ करोड १२ लाख रुपैयाँ दावी भुक्तानी योग्य मानिएको थियो । जस मध्ये हालसम्म १ अर्ब ५८ करोड ५४ लाख रुपैयाँ मात्र दावी भुक्तानी बराबरको रकम विमितमा वितरण भएको छ ।
भुकम्पले क्षति गरेकोमा परेको कुल दावी मध्ये १९.८६ प्रतिशत सामुन्द्रिक दावी भुक्तानी हुन बाँकी छ । सो समयमा कुल १२ लाख रुपैयाँ बराबरको सामुन्द्रिक दावी बीमा कम्पनीहरुमा परेको थियो । जसमध्ये सर्वेपछि १० लाख सामुन्द्रिक बीमा दावी योग्य ठहर भएमा हालसम्म २ लाख रुपैयाँ दावी भइ २ लाख अझै भुक्तानी हुन बाँकी छ ।
यस्तै सो समयमा २१ करोड ८० लाख रुपैयाँ बराबरको मोटर बीमाको दावी परेको थियो । सर्वेपश्चात २१ करोड ४ लाख रुपैयाँ बराबरको मोटर बीमालाई दावी योग्य ठहर गरिएकोमा हालसम्म कुल दावीको १३.७९ प्रतिशत अर्थात ३ करोड १ लाख रुपैयाँ बराबरको रकम दावी भुक्तानी वापत वितरण हुन बाँकी रहेको छ ।
भुकम्पपछि सबैभन्दा बढी अग्नी बीमाको दावी परेको थियो । कुल १० अर्ब १७ करोड ६२ करोड रुपैयाँ बराबरको दावी परेकोमा सर्वे पश्चात ९९ अर्ब ६५ करोड ४८ लाख रुपैयाँ बराबरको दावीलाई भुक्तानी योग्य ठहर गरिएको थियो । जसमा कुल दावी भुक्तानी गर्नु पर्ने रकमको ५.२२ प्रतिशत अर्थात ५३ करोड १५ लाख रुपैयाँ भुत्तानी वापत वितरण हुन बाँकी रहेको छ भने, हालसम्म ९ अर्ब १२ करोड ३३ लाख रुपैयाँ अग्नी बीमा दावी भुक्तानी भएको बीमा समितिले जनाएको छ ।
साथै विविध शिर्षकका परेको कुल ३ अर्ब ५१ करोड १८ लाख मध्ये ३ अर्ब ४८ करोड ५० लाख रुपैयाँ भुक्तानी भइसकेको छ भने, २ करोड ६७ लाख रुपैयाँ दावी वापतको रकम वितरण हुन बाँकी रहेको छ ।
भुकम्पपछि बीमा दावी भुक्तानी गर्नु पर्ने कुल १६ अर्ब २६ करोड ९२ लाख मध्ये हालसम्म १४ अर्ब ३७ करोड ४८ लाख रुपैयाँ दावी भुक्तानी भएको छ । दावी भुक्तानी भएकोमा पुनरबीमा कम्पनीबाट ९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ र बाँकी ४ अर्ब ५६ करोड ३९ लाख रुपैयाँ नेपालका बीमा कम्पनीहरुबाट भुक्तानी भएको हो ।