विश्वव्यापी रेमिट्यान्स २० प्रतिशतले घट्ने विश्व बैंकको प्रक्षेपण



काठमाडाैं । विश्व बैंकले कोरोना भाइरसका कारण विश्वव्यापी रेमिट्यान्स २० प्रतिशतले घट्ने प्रक्षेपण गरेको छ ।

विश्वस्तरमा आर्थिक संकट बढ्दै जाँदा श्रमिकको ज्याला र रोजगारीमा आउने गिरावटका कारण रेमिट्यान्स घट्ने विश्व बैंकको भनाइ छ ।

विश्व बैंकले यो हालसम्मकै ठूलो क्षति भएको समेत बताएको छ ।

विश्व बैंकले मध्यम र निम्न आय भएका मुलुकको रेमिट्यान्स १९.७ प्रतिशत अर्थात् ४ खर्ब ४५ अर्ब डलरले घट्ने जनाएको छ ।

विश्व बैंकले युरोप र सेन्ट्रल एसियामा २७.५ प्रतिशतले रेमिट्यान्स घट्ने अनुमान गरेको छ भने अफ्रिकी क्षेत्रमा २३.१ प्रतिशत, दक्षिण एसियामा २२.१ प्रतिशत, मध्य पूर्वी र उत्तरी मुलुकमा १९.६ प्रतिशत, ल्याटिन अमेरिका र क्यारेबियनमा १९.३ प्रतिशत र पूर्वी एसियामा १३ प्रतिशतले रेमिट्यान्स घट्ने अनुमान गरेको छ ।


क्लिकमान्डु