सूर्या लाइफ इन्स्योरेन्स १३ वर्षमा प्रवेश
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले स्थापनाको १२ वर्ष पुरा गरेर १३ वर्षमा प्रवेश गरेको छ ।
स्थापनाकाल देखि हालसम्म कम्पनीले ३ लाख ६४ हजार भन्दा बढी बीमालेखको विक्रीबाट बीमाशुल्क कुल ९ अर्व १७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ ।
सो क्रममा चालु आर्थिक वर्षको चैत मसान्त २०७६/७७ को चैत्र मसान्तसम्म १ अर्ब ७९ करोड बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको कुल लगानी ९ अर्व र जीवन बीमा कोषमा ६ अर्व ७० करोड रहेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड रहेको छ ।
देशका विभिन्न स्थानमा रहेका ९३ वटा शाखाहरु मार्फत आफ्नो सेवाहरु सञ्चालन गर्दै आईरहेको छ । कम्पनीले म्यादी, सावधिक, आवधिक तथा आजिवन बीमालेख सहित हालसम्म १५ वटा जीवन बीमा योजनाहरु सञ्चालनमा ल्याएको छ ।