अध्यादेश फिर्ता लिन प्रधानमन्त्री तयार



काठमाडौं । चौतपर्फी दबाव पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश फिर्ता लिने तयारी गरेका छन् ।

नेकपा अध्यष प्रचण्डसँग आज विबहान भएको छलफलका आधारमा प्रधानमन्त्री अध्यादेश फिर्ता लिन तयार भएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

जुन उद्देश्यका लागि अध्यादेश ल्याइएको थियो, सोही उद्देश्य नै पूरा नहुनेदेखेपछि प्रधानमन्त्री अध्यादेश फिर्ता लिने निष्कर्षमा पुगेको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओली र नेकपा अध्यक्ष प्रचण्डबीच भएको छलफलका आधारमा अध्यादेश फिर्ता लिने निर्णय भएको बुझिएको छ ।


क्लिकमान्डु