ज्योति विकास बैंकबाट मनोज ज्ञवाली बाहिरिए



काठमाडौं । ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट मनोज ज्ञवाली बाहिरिएका छन् ।

४ वर्षे कार्यकाल भएपनि ज्ञवालीले २ वर्ष कार्यकाल पुरा भएपछि बैंकबाट बाहरिने निर्णय गरेका हुन् ।
ज्ञवालीले बैशाख १५ देखि बैंक छाड्ने छन् । २ वर्ष पुरा भएपछि बैंक छाड्ने निर्णय गरेको ज्ञवालीले क्लिकमाण्डूलाई बताए ।

‘कुन क्षेत्रमा जाने भन्ने अहिले निर्णय भएको छैन,सहज रुपमा नै बैंक छाड्ने निर्णय गरेको हो,’ज्ञवालीले क्लिकमाण्डूसँग भने ।

चार्टर्ड एकाउन्टेन्स समेत रहेका ज्ञवालीले बैंकिङ करिअर नेपाल राष्ट्र बैंकबाट सुरुवात गरेका थिए । राष्ट्र बैंकमा ७ वर्ष काम गरेर बाहिरिएपछि उनी ग्लोबल आइएमई बैंकमा गएका थिए ।


क्लिकमान्डु