बीमा समितिले गर्यो आफ्नै ८० कर्मचारीको कोरोना भाइरस बीमा
काठमाडौं । बीमा समितिले आफ्नै कर्मचारीको कोरोना भाइरस बीमा गरेको छ । बीमा समितिले आफ्नो ८० जना कर्मचारीको बीमा गरेको हो ।
समितिले आफ्ना कर्मचारीलाई आईएमई जनरल इन्स्योरेन्समा बीमा गरेको हो । प्रत्येक कर्मचारीको १ लाख रुपैयाँको बीमा गरेको हो । समितिल परिवारको बीमा गरेकाले प्रतिव्यक्ति ६ सय रुपैयाँ लागेको छ ।
समितिका अनुसार कर्मचारीको बीमा गर्नको लागि ऐनमा नै व्यवस्था भए अनुसार कोरोना भाइरस बीमा गरिएको हो । बीमा समितिले आफ्ना कर्मचारीको बीमा गर्दा विनियमावलीमा संशोधन गर्नुपर्ने चर्चा चले पनि कर्मचारीको स्वास्थ्य बीमा गर्न पाउने व्यवस्था अनुसार बीमा गरिएको बनाइएको छ ।
बीमा समितिले कर्मचारीको यस अघि पनि दुर्घटना बीमा, स्वास्थ्य बीमा, सावधिक जीवन बीमा पनि गरेको र अहिले कोरोना भाइरस बीमा पनि गरेको जनाएको छ । यस अघिको बीमाले स्वास्थ्य बीमा कभर नगरेको भएर कोरोना भाइरस बीमा गरिको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । यो निर्जीबन बीमा जस्तै एक वर्षे पोलिसी हो ।