केसीसी कलेजले सुरु गर्यो अनलाइनबाटै कक्षा
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको कारण कक्षा सञ्चालन गर्न समस्या भएपछि कान्तिपुर सिटी कलेजले विभिन्न विषयका कक्षा भर्चुअल गरेको छ ।
‘यस्तो अवस्थामा दुवै शिक्षक र विद्यार्थीले भर्चुअल कक्षाकोठाको नयाँ अनुभव पाइरहेका छन्,’ कलेजका प्रधानाध्यापक राजु कट्टेलले भने ।
कलेजले आफ्नो मास्टर्स अफ कम्प्युटर एप्लिकेसन (एमसिए)को पहिलो र तेस्रो सेमेस्टर, मास्टर अफ आर्ट्स् इनमास कम्युनिकेसन एन्ड जर्नलिज्म (एमएएमसिजे)को पहिलो र तेस्रो समेस्टर तथा पोस्ट ग्राजुएट डिप्लोमाइन कम्प्युटर एप्लिकेसन (पिजिडिसिए) पहिलो सेमेस्टरको कक्षा अनलाइनबाट नै सञ्चालन गरेको हो ।
इन्टरनेट र केहीदिन यता विद्युत् आपूर्तिको समस्याका बाबजुद पनि विभिन्न स्थानबाट विद्यार्थीहरू अनलाइन कक्षामा सहभागी भइरहेको उनको भनाई छ ।