इच्छुमति सहकारीद्वारा सदस्यलाई राहत वितरण



काठमाडौं । इच्छुमति बचत तथा ऋण सहकारी सस्थाले ११३ जना सदस्यलाई राहत वितरण गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत राहत वितरण गरेको जनाएको छ ।

कोरोना भाइरसका कारण सहकारी सदस्यहरुको दैनिक जिविकोपार्जनमा समस्या नहोस भन्दै उक्त राहत वितरण गरेको अध्यक्ष निरु उप्रेतीले बताइन । लकडाउनको कारण कतिपय सदस्यसँग सम्पर्क हुन नसेको भन्दै सम्पर्कमा आएका सदस्यलाई राहत वितरण गरेको बताइएको छ ।

उक्त राहत वितरणको क्रममा वडा नम्बर २८ का वडा अध्यक्षसहित जनप्रतिनिधिको पनि सहभागीता रहेको थियो । सहकारीले ११३ जना सदस्यलाई एक/एक बाेरा चामल सहयोग गरेको हो ।


क्लिकमान्डु