सरकारकाे कदम आपत्तिजनक, गैह्रजिम्मेवार प्रवृत्तिः काँग्रेस
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको बेलामा नेपलाका सत्तारुढ दल भने स्वार्थको खेलमा लागेका छन् । जसको चौतर्फी विरोध सुरु भएको छ ।
सोमबार सरकारले संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ । त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको नेपाली काँग्रेसको छ । दुबै अध्यादेशप्रति नेपाली कांग्रेसको गम्भीर असहमति रहेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कोरोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको स्मरणा गरेको छ । यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो जारी विज्ञप्तिमा उल्लेख छ ।
‘संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो । नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विपरीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेल भन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गरेको छ ।