कोरोनाको कारण तेलको मूल्य १५ अमेरिकी डलरमा झर्यो, माग नभएपछि मूल्य ओरोलो



कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको लकडाउनको कारण कच्चा तेलको मूल्य ओरोलो लागेको छ । अमेरिकामा तेलको मूल्य सन् १९९९ पछिको सर्वाधिक कम भएको छ । तेलको माग घटेपटि तेलको मूल्यमा भारी गिरावट आएको हो ।

अमेरिकाको तेलको बेन्चमार्क मानिने वेस्ट टेक्सास इन्टरमिडियटमा तेलको मूल्य प्रति व्यारेल १४ प्रतिशतले घटेर प्रति ब्यारेल १५।६५ डलर पुगेको छ ।

कोरोना महामारीले उद्योग तथा उत्पादन क्षेत्र बन्द भएपछि तेलको बजारमा निकै दबाब सिर्जना भएको छ । एक्सिकर्पका चिफ ग्लोबल मार्केट स्ट्राटेजिस्ट स्टेफन इन्सले भनेका छन– युएस स्टोरेज यतिबेला तेलको मागमा आएको गिरावट रोक्न प्रयासरत छन । स्टोरेजमा तेल भरिएको छ तर कसैले पनि तेल लैजान मान्दैनन् ।

अमेरिकामा रहेका मूख्य तेल उत्पादकहरुले तेलको बिक्री गरिरहेका भएपनि साना बिक्रेताहरुले तेल बिक्रीमा कमी गर्नुका साथै कतिपयले उत्पादन नै बन्द गरेको बिबिसीले उल्लेख गरेको छ ।


क्लिकमान्डु