सिटिजन्स बैंकको १३ औं वार्षिकोत्सव भर्चुअली सम्पन्न
सिटिजन्स बैंकले स्थापनाको १३ वर्ष पुरा गरेर १४ वर्षमा प्रवेश गरेको छ ।
कोरोनाभाइरस (कोभिड–१९) ले विश्व नै आक्रान्त बनेको बेला अत्याधुनिक प्रविधिलाई अपनाउँदै उच्च स्तरिय बैंकिंग सेवा प्रवाह गर्दै आएको बैंकले यस पालिको वार्षिकोत्सव भर्चुृअली मनाएको छ । विगतमा विभिन्न समारोहहरुको आयोजना गरी हर्षोल्लासका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यस वर्ष बैंकले विश्वभरी फैलिएको कोरोना भाइरसको जोखिम र लकडाउनका कारण भर्चुअली मनाएको छ ।
यस बैंकको आज बसेको ३३२ औं सञ्चालक समितिको बैठकले यस सुखद् अवसरमा समस्त आदरणीय ग्राहकवर्ग, शेयरधनी महानुभाव, नियामक निकाय तथा शुभचिन्तकज्यूहरुमा हार्दिक कृतज्ञता व्यक्त गरेको छ । यही अवसरमा १३ वर्षको अवधिमा बैंकद्वारा हासिल विभिन्न उपलब्धि तथा प्रमुख वित्तीय सूचकाङ्कहरु समावेश गरेर तयार पारिएको डिजिटल प्रस्तुति सार्वजनिक गरेको छ ।
हरेक त्रैयमासमा यस बैंकले प्रमुख वित्तीय सूचकाङ्क, कर्मचारीद्वारा लेखिएका विभिन्न लेखरचना तथा बैंकमा भएका विभिन्न गतिविधिहरु समावेश गरेर प्रकाशन गर्दै आएको ई बुलेटिनको दोस्रो संस्करणको लोर्कापण तेह्रौ वार्षिकोत्सवको सुखद अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले गरे ।
बैंकले १३ औं वार्षिउत्सवको अवसरमा सिटिजन्स एक्स्ट्रा निक्षेप योजना सार्वजनिक गरेको छ ।
३ महीना देखि १० वर्ष सम्मको अवधि तथा १ लाखको न्यूनतम मौज्दातमा यो खाता खोल्न सकिने छ र यस खातामा ८.२५ प्रतिशत व्याजदर उपलब्ध हुनेछ । शाखा प्रबन्धकले उक्त व्याजदरमा ०.५० प्रतिशत व्याजदर सम्म थप गर्न सक्नेछन् । यस निक्षेप योजना अन्तर्गत व्यक्तिगत मुद्धति खाता खोल्नुुहुने गा्रहक महानुभावहरूले मुद्धति खाताबाट आर्जित व्याजमा समेत मुद्धति खाता बराबरकै ८.२५ प्रतिशत व्याजदर पाउन सक्नेछन् । यो निक्षेप योजना बैंकका सम्पूर्ण शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछ ।
भर्चुृअली मनाईएको कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत पोखरेलले बैंकमा अनवरत १० वर्ष सेवा प्रवाह गरी ‘दीर्घ सेवा सम्मान पदक’ बाट सम्मानित हुने कर्मचारीलाई धन्यवाद दिँदै बधाई तथा शुभकामना व्यक्त गरे ।