कोरोना पीडित विद्यार्थीलाई सहयोग गर्न एनआरएनएका पूर्वअध्यक्ष एकजुट, ९०% लाई खान बस्नको समस्या

क्लिकमान्डु २०७७ वैशाख ६ गते ११:५७ मा प्रकाशित

लन्डन । कोरोना भाइरसको महामारीले समस्यामा परेका विदेशमा रहेका नेपालीको सहयोग गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षहरु एक जुट भएका छन् ।

संघको सम्पन्न बैठकमा बक्ताहरुले कोरोना संक्रमणबाट पीडित नेपालीको सहयोगका लागि संघका सम्पूर्ण संयन्त्र परिचालन गर्न आग्रह गरिएको छ ।
बैठकमा अध्यक्ष कुमार पन्तले कोरोना पीडित र नेपाल फर्किन चाहने नेपालीहरुका सम्बन्धमा पूर्वअध्यक्षसँग परामर्श गरेका थिए ।

संघका संस्थापक अध्यक्ष डा.उपेन्द्र महतोले नेपाल फर्केर आउने नेपालीलाई देशमा समायोजन गर्न आर्थिक रुपमा पनि तयार हुनुपर्नेमा जोड दिए । उनले कोरोना संक्रमणको महामारीबाट प्रभावितका लागि सहयोगार्थ आर्थिक संकलन गरेर दीर्घकालीन कोष स्थापना गर्न सुझाव दिए ।

बैठकमा पूर्वअध्यक्ष देवमान हिराचनले लकडाउनका कारण नेपालमा हजारौं नेपालीले जनताले दुःख पाएको बताउँदै संघले सरकारको ध्यानकर्षण गराउनु पर्ने विचार व्यक्त गरे । उनले लकडाउनका कारण कृषी उत्पादनले बजार नपाउँदा कृषकले आर्थिक क्षेती व्यहोर्नु परेको बताए ।

विदेशमा रहेका नेपालीका समस्या समाधानको लागि संघले थप सक्रियता देखाउनुपर्नेमा पूर्वअध्यक्ष जीवा लामिछानेको जोड थियो । पूर्वअध्यक्ष लामिछाने कोरोना संक्रमणको महामारीका कारण विश्वबजारमा आर्थिक मन्दी आउन सक्ने भन्दै लाखौं नेपाली बेरोजगार हुने सक्नेतर्फ सचेत गराए । उनले संघलाई अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार गर्न सुझाव दिए ।

निवर्तमान अध्यक्ष भवन भट्टले कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण पीडित नेपाली समुदायप्रति चिन्ता व्यक्त गरे । उनले कोरोना भाइरसको संक्रमणमा परेका नेपालीको सहयोगमा आफ्नो र अर्को नभनी एकजुट भएर लाग्नुपर्ने बताए । उनले सबैसँग हातमा हात मिलाएर अघि बढ्न आग्रह गरे ।

संस्थापक नेता रामप्रताप थापाले संसारभर ९० प्रतिशत विद्यार्थीलाई खान बस्नको लागि समस्या रहेको बताए । उनले विद्यार्थीको मुख्य समस्यामा केन्द्रित रहेर संघले राहतको प्याकेज ल्याउनुपर्नेमा जोड दिए ।

कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक पारदर्शितका बारेमा प्रकाश पारेका थिए । उनले सबै राष्ट्रिय समितिलाई तीन–तीन महिनामा आर्थिक रिपोर्ट वेभसाइटमार्फत सार्वजनिक गर्ने व्यवस्था गरेको जानकारी दिए ।

महिला संयोजक भूमा लिम्बुले संघको सक्रियतामा नेपालमा पठाएको सामान सदुपयोग भएको छ की छैन त्यसबारेमा सजक हुनुपर्नेमा जोड दिइा । उनले विदेशमा रहेका नेपालीलाई खानबस्नको समस्या रहेको बताइन् ।

अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठक महासचिव डा। हेमराज शर्माले सञ्चालन गरेका थिए । महासचिव शर्माले कोरोना पिडित नेपालीहरुको तथ्यांक संकलन भैरहेको जानकारी बैठकमा गराएका थिए ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स