कोरोनाबाट अमेरिकी जनताको जनजीवन सामान्य बनाउन राष्ट्रपति ट्रम्पका ३ प्रस्ताव



काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो देशमा सामान्य जीवन सुरु गर्न ३ चरणको योजना प्रस्ताव गरेका छन् ।
ट्रम्पले ‘ओपनिंग अप अमेरिका अगेन’ योजना अन्तर्गत स्कूल र कार्यालयहरू खोल्न तीन चरणको प्रस्ताव गरेका छन् । यो प्रस्ताव कार्यान्वयन गर्न राज्यलाई सबै निकायलाई आग्रह गरेका छन् ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले यस योजनाको बारेमा विस्तृत जानकारी गराएका छन् । यतिबेला कोरोनाको मारमा सबैभन्दा बढी सिकार अमेरिकाका मानिसहरु भएका छन् । जहाँ ३५ हजारको हाराहारीमा मानिसको मृत्यु भइसकेको छ ।

ट्रम्पको योजनामा पहिलो चरणमा सामाजिक दूरीको नियमहरू कार्यान्वयन गर्ने, स्कूल र कार्यालयहरू बन्द गर्ने रहेको छ । यदि यो चरणमा राज्यहरूमा संक्रमणको घटना घटेको देखाउन सकेको खण्डमा दोस्रो चरणको कार्यान्वयनमा विचार गर्नसक्ने उल्लेख छ । यसमा केही कार्यालयहरू खोल्न अनुमति दिइनेछ । अहिले अमेरिकामा ५० जनाभन्दा बढीलाइए एकैठाँउमा बस्न नदिने व्यवस्था गरिएको छ ।

तेस्रो चरणमा, सबै कार्यालयहरूलाई सामान्यरूपमा खोल्न दिइनेछ । यस समयमा अस्पतालहरूमा बृद्धि गर्न र वृद्धहरूको हेरचाह गर्ने घरहरूमा कुनै प्रतिबन्ध हुँदैन । यस समयमा, संक्रमण जोखिममा रहेका मानिसहरूलाई सावधानी अपनाउन सल्लाह दिने उल्लेख छ ।

गभर्नरसँगको त्यो छलफल…

यसअघि ट्रम्पले सबै राज्यका गभर्नरहरुसँग छलफल गरेका थिए । राज्यका गभर्नरहरुलाई नागरिकमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णयलाई त्याग्न राजी पनि भएका थिए ।

यसअघि ट्रम्पले भनेका थिए कि ‘राज्यहरूमा प्रतिबन्ध हटाउने बारेमा उसले आफ्नै निर्णय लिनसक्छ ।’

संघीय सरकारले यस विषयमा निर्देश जारी गर्न सक्ने उल्लेख छ ।

छलफलको क्रममा उनले राज्यपालहरूलाई भने, ‘तपाईले यस योजनालाई आवश्यकता अनुसार कार्यावयन गर्नुहुनेछ, हामी तपाईलाई सहयोग गरिरहेका छौं । तपाईलाई चाहिने जति आपूर्ति गर्नेछौ ।’

ट्रम्पले पत्ररका सम्मेलनमा रोग नियन्त्रण तथा रोकथाम केन्द्रका निर्देशक एन्थोनी फौचि र कोरोना भाइरस टास्कफोर्सका संयोजक डा. डेबोरा ब्रिक्स उपस्थित रहेका थिए ।

राज्यहरूले समय लिन सक्दछ…

राष्ट्रपति ट्रम्पले भने ‘हामीले युद्ध जित्नको लागि हामीले हाम्रो अर्थव्यवस्था बन्द गरेका थियौं र हामी यो युद्ध जितिरहेका छौं । तर अब प्रतिबन्धहरू देशबाट हटाउनु पर्नेछ । हामीले हाम्रो अर्थव्यवस्थालाई निरन्तरता दिईराख्नुपर्नेछ ।’

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई पनि आरोप लगाएर भने ‘अमेरिकालाई तयारी गर्न पूर्ण समय दिइएको थिएन । जसले गर्दा म रिसाएको छु संकटको बारेमा अमेरिका र सारा संसारलाई बताउनु पर्छ ।’

खेल सकिएको छैन…

कोरोना भाइरस टास्कफोर्सका संयोजक डा. डेबोरा ब्रिक्सका अनुसार राज्यले तीन चरणमा काम गर्दै कर्मचारीहरूलाई चरणबद्ध रूपमा काममा फर्कन अनुमति दिनसक्छ । तेस्रो चरणमा मानिसहरूलाई सामाजिक दूरीका नियमहरू पालना गर्न सल्लाह दिइनेछ ।

रोग नियन्त्रण र रोकथाम केन्द्रका निर्देशक एन्थोनी फाउची सरकारले ल्याएको योजना सबैलाई भन्न र खेल सकिएको छैन भनेर सबैलाई भन्न आग्रह गरेका छन् ।

यसैबीचमा उनले चेतावनी दिँदै भनेका छन् ‘भाइरसले एकपटक फेरि टाउको उठाउन सक्छ र यसको नतिजा भोग्नु पर्ने हुनसक्छ ।’ उनी भन्छन् ‘मलाई लाग्छ हामी भाइरसलाई खोप नभएसम्म स्थिति नियन्त्रण गर्न सक्छौं ।’


पुष्प दुलाल