कोरोनाका कारण उत्पादन बन्द गरेको बोइङले अर्को सातादेखि उत्पादन पुनः शुरु गर्ने
विश्व प्रख्यात बोइङले अर्को सातादेखि हवाइजहाज उत्पादन पुन शुरु गर्ने बताएको छ ।
कोरोना महामारीका कारण गत महिना उत्पादनको काम रोकिएको थियो । बोइङले अमेरिकाका वासिङटनमा व्यवसायिक उत्पादनलाई निरन्तरता दिने समाचार एजेन्सी रोयटर्सले लेखेको छ ।
उत्पादन भएसँगै करिब २७ सय मानिस उत्पादनको काममा फर्किने छन् । उनीहरुले ७४७, ७६७, ७७७ र ७८७ प्रोग्राम उत्पादनमा काम गर्ने कम्पनीले जनाएको छ ।
७३७, ७४७, ७६७ र ७७७ का कामदार अप्रिल २० र २१ मा काममा फर्किनेछन भने ७८७ प्रोग्रामका कर्मचारी अप्रिल २३ र २४ मा काममा फर्किनेछन् ।