जुमका ५ लाख एकाउन्ट ह्याक, पासवर्ड परिवर्तन गर्न सुझाब



काठमाडौं । पछिल्लो निकै चर्चामा आएको जुम एपका ५ लाख खाता ह्याक गरी डार्क वेभलाई बेचेको बताइएको छ ।
ह्याक भएका खाताहरु प्रतिखाता ०.००२० डलर अर्थात् २४ पैसा बिक्री गरिएको हो ।

पछिल्ला केही महिनायता जुम अनपेच्छितरुपमा चर्चामा आएको छ । कोरोना महामारीका कारण घरबाटै काम गर्नुपर्ने, भ्वाइस र भिडियो कल गर्नुपर्ने बाध्यताका कारण जुम प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको हो ।

अचानक प्रयोगकर्ता बढेपछि यसको सुरक्षा र प्राइभेसी चुनौती थपिएका छन् ।

गलफ्रेण्डसँग भिडियो कल गर्न फुरेको क्रिएटिभ आइडिया ‘जुम’ले लकडाउनमा ४ खर्ब कमायो

पछिल्लो समय आएका एक रिपोर्टले ५ लाखभन्दा धेरै जुम खाताहरु ह्याक गरी डार्क बेभलाई बिक्री गरिएको दाबी गरिएको छ ।
ब्लिपिंङ कम्प्युटरको रिपोर्ट अनुसार कतिपय खातोको विवरण ह्याकरहरुले निशुल्क वितरण गरिरहेका छन ।

उक्त रिपोर्टका अनुसार क्रेडेन्सियल स्टफिंङ एट्याक्टस मार्फत जुम खाताहरु ह्याक गरिएको थियो । सफलतापुर्वक लग इन भएका जुम खाताहरु एकिकृत गरेर अरु ह्याकरलाई बिक्री गरिएको छ ।

ह्याकरले बेचेका विवरणमा इमेल ठेगाना, पासवर्ड, पर्सनल मिटिङ युआरएलहरु, होस्टकि रहेको उक्त रिपोर्टमा उल्लेख गरिएको छ ।
ह्याक भएका खाताहरुमध्ये २ सय ९० खाताहरु विश्वविद्यालय र कलेजहरुको रहेका छन् ।

त्यसै गरी ह्याक भएका कतिपय खाताहरु चर्चित कम्पनीहरुका रहेका छन् । जुम एपमा प्रयोग भएको पासवर्ड अन्य ठाउँ पनि राखेको तुरुन्त परिवर्तन गर्न सुझाब दिइएको छ ।


पुष्प दुलाल