सनसिटी बस्ने अर्थमन्त्रीका छोरा तिलक अफिस गएपछि सनराइज बैंकका कर्मचारीमा तनाब



काठमाडौं । सनसिटी अपार्टमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि काठमाडौंमै ठूलो खैलाबैला मच्चियो । विभिन्न कार्यालयमा काम गर्ने कर्मचारीहरु त्रसित भए । किनभने यो अपार्टमेन्टमा बस्नेमध्ये धेरैजना कर्पोरेट अपिसमा काम गर्ने कर्मचारी छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाका छोरा तिलक खतिवडा सनसिटी अपार्टमेन्टमै बस्छन् । तिलक सनराइज बैंकका कर्मचारी समेत हुन् ।

अर्थमन्त्रीका छोरा तिलक खतिवडाले जनता बैंक छाडे, बढुवा भएर सनराइज बैंकमा जागिर थाले

लकडाउनको समयमा समेत तिलक २ पटक काम गर्न सनराइज बैंक गएका थिए । सनराइजको कालिकास्थानस्थित कार्यालयमा खतिवडा काम गर्छन् ।

तिलक आइटी एक्सपर्ट हुन् । सनराइज बैंकले खतिवडालाई सूचना प्रविधि र म्यानेजमेन्ट इन्फरमेशन सिस्टम चिफको जिम्मेवारी दिएको छ ।

‘तिलकजी लकडाउनपछि २ पटक कार्यालय आउनुभयो, उहाँलाई लिन र पुर्याउन प्रयोग गरिएको गाडीमा म पनि चढेको छु, अरु साथीहरु पनि चढेका छन्,’  सनराइज बैंकका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘सनसिटीमा कोरोना देखिएपछि बहुत डर लागिरहेको छ ।’

लकडाउन पछि डा. युवराज खतिवडा पनि सनसिटी गएको स्थानीयको दाबी छ । तर, यस विषयमा मन्त्री खतिवडाले गएको वा नगएको भनेर प्रष्ट्याएका भने छैनन् ।

‘आफ्ना बाबु गभर्नर र अर्थमन्त्री भए पनि तिलकजीले कहिल्यै बाबुको शक्तिको फूर्ति देखाउनु भएन,’ उनीसँगै जनता बैंकमा केही वर्ष काम गरेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘उहाँ प्रोफेसनल्ली काम गर्ने मान्छे हो ।’

तर सनसिटीमा बस्ने २ जना कोरोना संक्रमितको ब्लकमा काम गर्ने २ जना कामदारसहित ‘ब्लक-ए’ मा बस्ने सबैको र्‍यापिड टेस्टको नतिजा नेगेटिभ देखिएको छ। बुधबार बिहान गरिएको परीक्षणमा संक्रमित बस्ने ब्लक ‘ए’ का २ सय ४२ जनाकै र्‍यापिड टेस्टको नतिजा नेगेटिभ आएको हो।

दुईजना कामदारको थप पिसिआर परीक्षणको लागि स्वाब पनि लिइएको छ। स्वाब परीक्षणको नतिजा आएपछि कामदारहरूमा कोरोना भाइरस रहेको वा नरहेको भन्ने प्रस्ट हुन्छ।

गत चैत ५ गते बेलायतबाट आएका एकै परिवारका दुई सदस्य (आमा र छोरा) लाई कोरोना पोजेटिभ देखिएपछि सो अपार्टमेन्टमा र्‍यापिड टेस्ट सुरू गरिएको छ । संक्रमित २ जना पाटन अस्पतालको आइसोलेसनमा छन्।

स्थापना कालदेखि नै जनता बैंकमा कार्यरत तिलक खतिवडा ८ महिना अघि सनराइज बैंक गएका हुन् ।

२०६६ चैतमा स्थापना भएको जनता बैंकमा उनी सूचना प्रविधि विभागमा काम गर्थे । ३ वर्षअघि बैंक व्यवस्थापनले उनको विभाग सरुवा गर्दै महाराजगञ्ज शाखाको प्रबन्धकको जिम्मेवारी दिएको थियो । आफू सूचना प्रविधिको जानकार भएको तर बैंकले ब्राञ्च म्यानेजरको जिम्मेवारी दिइएकोमा खतिवडा सन्तुष्ट थिएनन् ।

ग्लोबल छाडेर सनराइजमा सीइओ भएका जनक शर्मा पौडेलले खतिवडालाई तानेका हुन् । सीइओ पौडेलको अर्थमन्त्री खतिवडासँग धेरै राम्रो सम्बन्ध छ ।

अर्थमन्त्री खतिवडा र उनको परिवारको जनता बैंकमा १ करोड रुपैयाँ बराबर बजार मूल्य हुन आउने लगानी थियो । जनता बैंक अहिले ग्लोबल आइएमइ बैंकसँग मर्ज भइसकेको छ ।

तिलकले क्लिन इनर्जी बैंकको आइटी विभागबाट २०६३र६४ सालदेखि जागिरे जिवनको शुरुवात गरेका थिए । क्लिन इनर्जीमा ट्रेनिका रुपमा काम शुरु गरेका खतिवडा त्यसको झन्डै ३ वर्षपछि बढुवा भएर जनता बैंक गएका थिए ।

‘आफ्ना बाबु गभर्नर र अर्थमन्त्री भए पनि तिलकजीले कहिल्यै बाबुको शक्तिको फूर्ति देखाउनु भएन,’ उनीसँगै जनता बैंकमा केही वर्ष काम गरेका एक कर्मचारीले क्लिकमाण्डूसँग भने, ‘उहाँ प्रोफेसनल्ली काम गर्ने मान्छे हो ।’


पुष्प दुलाल